Comments Add Comment

थप दुई जनामा कोरोना संक्रमण, संक्रमित संख्या २७८ पुग्यो

३ जेठ, काठमाडौं । शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएको छ । जसमा २६ वर्षका पुरुष र ५२ वर्षका पुरुष रहेका छन् ।

हाल महोत्तरीमा रहेका उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७८ पुगेको छ । शनिबार मात्र ११ जना कोरोना संक्रमित थपिएका हुन् ।

यसअघि मन्त्रालयले शनिबार नै बर्दिया गुलरियाकी २८ वर्षकी महिला, सिरहा सखुवा नन्कारकट्टीका ३० वर्षका पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरका २८ वर्षकी महिला र चितवनकी २५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि मन्त्रालयले बर्दियाकी महिलाको ठेगाना नार्खु भने पनि त्यहाँको स्वास्थ्य कार्यालयले भने गुलरिया नगरपालिका ११ लालपुरकी महिला भएको बताएको छ ।

त्यस्तै कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा पनि शनिबार नै कोरोना सं‌क्रमण पुष्टि भएको थियो ।

यसअघि स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले काभ्रेमा २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको भनेपछि त्यसै आधारमा तयार पारिएको समाचारमा त्रुटि भएकाले सच्याइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment