Comments Add Comment

म्यानचेष्टर सिटी र रियल मड्रिडबीचको खेल अगष्ट ७ मा

३ जेठ, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटी र रियल मड्रिडबीच अन्तिम १६ को दोस्रो लेग अगष्ट पहिलो साता गर्ने तयारी भइरहेको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस कोभिड–१९ का कारण मार्च दोस्रो साता फुटबलका खेलहरु स्थगित गरिएका थिए । युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफले च्याम्पियन्स लिग र युरोपा लिगको यस सिजन बाँकी रहेका खेलहरु सम्पन्न गर्ने योजना बनाइरहेको छ ।

जसअन्तर्गत प्री–क्वाटरफाइनलका केही खेलहरु बाँकी नै छन् । त्यसैमध्ये एक सिटी र रियलबीचको खेल अगष्ट ७ मा गराउने तयारी भइरहेको डेली मेलले जनाएको छ ।

यसअघि २६ फेब्रुअरीमा स्पेनको बर्नाबेउमा भएको खेल सिटीले २–१ ले जितेको थियो । अगष्ट ७ मा खेल हुने भएमा त्यो पहिलो लेग भएको झण्डै ६ महिनापछि अर्थात् १ सय ७४ दिनपछि हुनेछ ।

२७ मेमा बस्ने यूईएफएको कार्यकारी बोर्ड मिटिङले यसबारे अन्तिम निर्णय गर्नेछ । उक्त बैठकले अन्य तीन खेलको विषयमा पनि निर्णय गर्नेछ ।

प्री–क्वाटरफाइनलअन्तर्गत सिटी र रियलसँगै बार्सिलोना र नापोली, युभेन्ट्स र लियोन, वायर्न म्युनिख र चेल्सीबीचको पनि दोस्रो लेगको खेल बाँकी छ ।

फ्रेन्च क्लब पीएसजी, स्पानिस क्लब एट्लेटिको मड्रिड, जर्मन क्लब आरबी लेइपजिग र इटालियन क्लब एटलान्टाले भने अन्तिम ८ मा स्थान पक्का गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment