Comments Add Comment

कोरोनाबाट मृत्यु भएकाको शव परिवारले छुन नपाउने, एक मिटर परैबाट हेर्नुपर्ने

३ जेठ, काठमाडौं । कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको परिवारले शव छुन नपाउने भएका छन् । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिले संक्रमण नफैलियोस् भनेर सतर्कता अपनाउन यो नीति अख्तियार गरेको हो ।

हालसम्म शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नपरे पनि सावधानी अपनाउन यो नीति अपनाइएको कार्यविधिमा भनिएको छ । साथै, शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार स्थलमा लानुपर्ने पनि उल्लेख गरिएको छ ।

यही कार्यविधि अनुसार नेपालमा पहिलो पटक कोरोना भाइरसका कारण मृत्यु भएकी महिलाको शनिबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार भइसकेको छ ।

कार्यविधिले मृतकको जथाभावी सदगतलाई पनि निषेध गरेको छ । शवलाई अस्पताल/घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्स, सदगत गर्ने व्यक्तिहरु र सहभागी हुने आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई प्रयोग गर्नुपर्ने भनिएको छ ।

साथै, शवलाई कमभन्दा कम चलाउने भनिएको छ । शवको कुनै भागबाट श्राव भइरहेको भए त्यसलाई हसियारीपूर्वक बन्द गर्नुपर्ने भनिएको छ ।

‘६० वर्षमाथिका व्यक्ति र दीर्घरोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्छ’, कार्यविधिमा भनिएको छ, ‘सदगत गर्नुपूर्व आफ्नो कुल/परम्परा अनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फुलमाला चढाउने जस्ता क्रियाकलाप गर्न सकिनेछ ।’

मृतकका आफन्तले शव हेर्न चाहेनमा नछोइ कम्तिमा एक मिटर टाढाबाट एक/एक जनालाई पालैपालो गरी हेर्न दिन सकिने बताइएको छ ।

कोभिड–१९ ले मृत्यु भएका व्यक्तिको सामान्यता पोष्टमार्टम गर्नु नपर्ने पनि कार्यविधिमा भनिएको छ । साथै, गर्नै परे पनि मृतकको फोक्सो तथा अन्य अंगहरुमा जिवाणु जिउँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्ने भनिएको छ ।

तथ्यांकमा काेराेना - नेपाल

संक्रमित २९१
निको भएको३६
मृत्यु
अपडेटः २०७७ जेठ ४ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment