+
+
Shares

हावाले टनेलको छानो उडाएपछि कृषक मारमा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते १०:५५
Photo Credit : File Picture

४ जेठ, काठमाडैं । कोरोनाको मारसँगै जारी बन्दाबन्दीले जनमानस आक्रान्त बनिरहेको अवस्थामा पोखरा–१४ स्थित छिनेडाँडाका कृषकलाई गोलभेँडा लगाइएको टनेल हावाले उडाएपछि मार थपिएको छ । राधिका एकीकृत कृषक समूहमा आबद्ध कृषकले एक रोपनी क्षेत्रफलमा लगाएको गोलभेँडा भर्खरै फल्न लागेको अवस्थामा शुक्रबार दिउँसो आएको हावाहुरीसहितको पानीले क्षति पु¥याएको हो ।

पानीसहित आएको हावाहुरीले हाइटेक ९हरितगृह० टनेलको छानाको झण्डै ५० प्रतिशत प्लास्टिक उडाएको समूहका अध्यक्ष मोहनबहादुर कार्कीले जानकारी दए । उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (एकाइ) सुपरजोनको ८५ प्रतिशत अनुदान र समूहको १५ प्रतिशत सहभागितामा कूल रु १६ लाखको लागतमा तीन वर्षअघि सो टनेल निर्माण गरिएको हो ।

टनेलको छाना उडाएसँगै ७३० बोटमा रहेका सिर्जना जातका गोलभेँडा घाम, पानी र रोगको प्रकोपबाट जोगाउन मुस्किल भएको उनले बताए ।

“यस यामका गोलभेँडा बिक्री गरेर न्यूनतम रु १० लाख आम्दानी गर्ने हाम्रो लक्ष्य थियो”, उनले भने, “तत्कालै प्लास्टिकको छाना नराख्ने हो भने समूहले ठूलै नोक्सानी व्यहोर्नुपर्ने देखिएको छ ।”

पोखरा महानगरपालिका–२ भलामस्थित हमाल एग्रिकल्चर एण्ड भेजिटेबल नर्सरीबाट खरिद गरी चैतको अन्तिम साता रोपेका बिरुवा राम्रोसँग हुर्केसँगै फल दिन शुरु गरेको अवस्थामा छाना उडाएपछि दैनिकजस्तै पर्ने पानीले बिगार्नुका साथै विभिन्न रोगको प्रकोप बढ्न सक्ने समूहका सचिव ललितबहादुर बानियाँले दुखेसो सुनाए ।

तापानुकूलित हाइटेकका लागि कोरियामा निर्मित युभि प्लास्टिक आवश्यक हुने बताउँदै उहाँले भन्नुभयो, “बन्दाबन्दीका कारण आवश्यक सामान मगाउनसमेत असहज भएको छ । जेठ २ गते अचानक पौने पाँच बजेको समयमा आएको पानीसहितको हावाहुरीका कारण टनेलको छाना उडाउँदा रु ५० हजार बराबरको क्षति भएको छ भने उत्पादन दिने समयको गोलभेँडालाई कसरी बचाउन सकिन्छ भन्ने सोचाइमा छौँ ।”

अघिल्लो वर्ष पनि हावाहुरीले सोही टनेलको छाना उडाउँदा भर्खर उत्पादन शुरु भएको भक्तपुरे लोक अग्र्यानिक काँक्रो खेती नोक्सान भएको बताउँदै उनले भने, “बारम्बार आउने हावाहुरीबाट भएको नोक्सानीका कारण व्यावसायिक कृषि पेशाबाटै विस्थापित भइन्छ कि भन्ने चिन्ताले सताएको छ ।”

बाँझिएको १६ रोपनी जग्गा भाडामा लिएर शुरु गरिएको बेमौसमी तरकारी खेतीसहितको भैँसीपालन व्यवसायमा हालसम्म समूहको रु एक करोड ५० लाख लगानी भइसकेको सञ्चालक समितिका सदस्य हरिबहादुर कार्कीले जानकारी दिए ।

भैँसीको मललाई विभिन्न जैविक घाँसहरु राखेर १५ दिनसम्म छोपेपछि बनेको प्राङ्गारिक मल तरकारी बारीमा राख्दा टनेलभित्र लगाएको तरकारीले राम्रो उत्पादन दिनुका साथै उपभोक्ताको स्वास्थ्यको समेत ख्याल गरी जैविक उत्पादनमा जोड दिँदै आएको उनके भनाइ छ ।

पोखरा र आसपासमा बारम्बार आउने हावाहुरी, असिनासहितको पानीले मौसमी तथा बेमौसमी तरकारी खेती, फलफूललगायतमा कृषकले प्रत्येक वर्ष करोडौँको क्षति भोग्नुपरेको यस क्षेत्रका कृषकको सामूहिक दुखेसो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?