Comments Add Comment

कोभिड-१९ ले गर्न सक्ने क्षतिबारे सरकारलाई ज्ञान नै छैन : देउवा

४ जेठ, काठमाडौं । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारलाई कोरोना भाइरस (कोभिड-१९) ले गर्नसक्ने क्षतिबारे सरकारलाई ज्ञान नै नभएको टिप्पणी गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रमबारे संसदमा भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले महामारी नियन्त्रणको पूर्व तयारी गर्न सरकार चुकेको बताएका छन् ।

कोरोनाका कारण मृत्युभएकी महिला, उनको परिवार, कोरोना परिक्षणको प्रतिक्षामा बसेका तथा प्रकोप बढ्दै गए स्थिति के होला भनेर त्रासमा बसेका नागरिकलाई सरकारले आफू अभिभावक भउको अनुभूति गराउनुपर्ने उनको जोड छ । ‘हाम्रो अपेक्षा थियो सरकारले ल्याउने नीतिले यस्ता सबै विषयलाई सम्बोधन गर्नेछ । सरकारका कार्यक्रमले स्रोत साधनको समुचित व्यवस्थापन गरि समस्याको उचित समाधान गर्नेछ’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘तर सरकारको नीति तथा कार्यक्रमले अर्कै सन्देश दिएको छ ।

उनले भने, पहिलो सन्देश यो सरकारलाई कोभिड १९ ले गरेको र गर्न सक्ने क्षति बारे ज्ञान नै छैन ।’

नेपालमा पहिलो संक्रमित भेटिएको ४ महिना तथा लकडाउन भएको ५५ दिन पुरा पीसीआर विधिवाट २६ हजार ६ सय ९१ जनाको मात्र परिक्षण भएको पाइएको उनले बताए ।

अहिलेसम्म स्वास्थकर्मीको सुरक्षा उपकरण लगायतका आवश्यक सामग्रीको उपलब्धताको प्रत्याभूति नभएको, विश्वसनिय परिक्षण किटको अभाव रहेको तथा अस्पतालमा भेन्टिलेटर लगायत अन्य उपचार सामग्रीको आपुर्ति नभएको भन्दै उनले प्रश्न गरे, ‘सरकारले लकडाउनको यो अवधिमा के तयारी गर्‍यो ?’

परिस्थितिको गम्भीरताप्रति सरकार संवेदनशील हुन नसकेको देउवाको आरोप छ ।

उनले स्वास्थ सामग्री पर्याप्त प्रबन्ध गर्न, पीसीआर परिक्षणको दायरा व्यापक रुपले समुदाय स्तरमा पुर्‍याउन, विभिन्न क्षेत्रका लागि आवश्यक राहतको ब्यवस्थित प्याकेज ल्याउन र बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काएर मापदण्डयुक्त क्वारेन्टाइनमा ब्यवस्थित रुपले राखेर परीक्षण पश्चात घर पुर्‍याउने बन्दोबस्त मिलाउन सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment