Comments Add Comment

ललितपुर महानगरका सबै जनप्रतिनिधिको स्वाब संकलन

४ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरुको पीसीआर टेस्टका लागि स्वाब संकलन गरिएको छ ।महानगरपालिकाले आइतबार २९ वटै वडाका १४७ जना जनप्रतिनिधिको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको हो ।

कोरोना भाइरस संक्रमणको शंकास्पद व्यक्तिहरुको जाँच गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक हजार ५० थान पीसीआर किट उपलब्ध भएपछि महानगरपालिकाले सबै जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न लागेको हो ।

यस्तै शनिबार महानगरका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको पीसीआर र आरडीटी परीक्षण भएको थियो ।महानगरपालिकाकी उपमेयर गीता सत्यालले शनिबार स्वास्थ्यकर्मी र सफाइकर्मी गरी ११९ जनाको आरडिटी र २११ जनाको पीसीआर परीक्षण भएको बताए ।

महानगरको योजना अनुसार नै सबै जनप्रतिनिधिको पीसीआर प्रविधिबाट परीक्षण गर्न लागिएको उनले बताए ।

उपमेयर सत्यालले जनप्रतिनिधिसँगै, महानगरभित्र कार्यरत पत्रकार, फलफूल व्यवसायी, ग्याँस डिलरहरुमा काम गर्ने व्यक्तिहरुको पनि पीसीआर र आरडीटी परीक्षण गर्न लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment