+
+
Shares

अस्पतालहरुले आफैं आरडीटी परीक्षण गर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते १६:४७

४ जेठ, काठमाडौं । अब अस्पतालहरुले र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्न पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यसका लागि कार्यविधि बनेको छ र अस्पतालहरुले स्वास्थ्य सेवा विभागबाट अनुमति लिनुपर्नेछ ।

साथै यो अस्पताल प्रयोजनका लागि मात्र अनुमति लिइएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।

साथै आरडीटी परीक्षणको शुल्क अस्पतालले लिनसक्नेछ । आरडीटी किटको खरिद मुल्यको बढीमा २० प्रतिशत रकम लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?