Comments Add Comment

कैलालीको सेती अस्पतालमा ४ जना भर्ना, कोरोना परीक्षण हुँदै

४ जेठ कैलाली । कैलालीमा कोरोना संक्रमणको आशंकामा ४ जनालाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

अस्पताल भर्ना हुनेमा कैलालीको कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उप–महानगरपालिका ५ का ३० वर्षीय पुरुष, उनकी २९ वर्षीया श्रीमती र धनगढी उपमहानगरपालिका –१३ का ३० वर्षीय पुरुष रहेका छन् ।

उनीहरु सबैको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

हसुलियाकी महिलामा ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

ती महिलाका भाइ दुई महिनाअघि भारतबाट आएको प्रहरीले जनाएको छ । धनगढीका युवक भने मलेसियाबाट आएका हुन् ।

‘उनीहरु सबैको नतिजा भोलि आउँछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment