
४ जेठ, विराटनगर । आइतबार कोरोना संक्रमण पुष्टि भएका एकजना विराटनगर महानगरपालिकाका सफाइ कर्मचारी रहेको पाइएको छ ।
विराटनगर– १५ का ३६ वर्षका संक्रमित पुरुष विराटनगर महानगरपालिकाका सरसफाइ कर्मचारी हुन् ।
आइतबार विराटनगरमा २ र धनकुटामा एकजनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । आफ्नो वडाका संक्रमित पुरुष महानगरको सरसफाइ कर्मचारी रहेको वडा अध्यक्ष असलम आलमले बताए ।
संक्रमित पुरुषलाई कहाँ कोरोना संक्रमण भएको भन्ने खुलेको छैन । उनका घरका व्यक्ति विदेशबाट आएका छैनन् । ‘घरमा कोही पनि बाहिरबाट आएका छैनन्’ आलमले भने ‘उहाँलाई कोरोना अस्पताल पठाउछौं ।’
विराटनगरकै अर्की संक्रमित महानगरपालिका– ६ कि २९ वर्षकी महिला हुन् । उनी ४–५ दिनअघि भारतबाट आएको वडा अध्यक्ष विजय कामतले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएका दुईजनालाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।
आइतबार विराटनगर ६ की २९ वर्षकी महिला, विराटनगर– १५ का ३६ वर्षका पुरुष र धनकुटाकी ३४ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । धनकुटाकी संक्रमित स्वास्थ्यकर्मी हुन् ।
प्रतिक्रिया 4