Comments Add Comment

स्पेन र इटालीभन्दा धेरै कोरोना संक्रमित ब्राजिलमा

५ जेठ, काठमाडौं । कोरोना संक्रमणको आधारमा ब्राजिलले स्पेन र इटालीलाई पनि पछि पारेको छ । अब सबैभन्दा धेरै संक्रमित व्यक्तिको आधारमा ब्राजिल विश्वका देशहरूको सूचीमा चौथों नम्बरमा छ ।

शनिबार ब्राजिलका अधिकारीहरूले बितेको २४ घण्टामा १४ हजार नौ सय १९ जना संक्रमित फेला परेको बताएका थिए । यससँगै ब्राजिलमा कुल संक्रमित व्यक्तिहरूको संख्या दुई लाख ४१ हजार ८० पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।

यद्यपि संक्रमितहरूको यो संख्या अमेरिका, रुस र ब्रिटेनको भन्दा कम हो । ल्याटिन अमेरिकी देश ब्राजिलमा एक दिनमै कोरोना संक्रमणका कारण आठ सय १६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणका कारण ब्राजिलमा मृत्यु हुनेहरूको संख्या १६ हजार एक सय १८ पुगेको छ ।

विशेषज्ञहरूका ब्राजिलमा कम मात्र परीक्षण गरिएको छ । यदि परीक्षणको दायरा बढाउने हो भने संक्रमित व्यक्तिहरू अझै धेरै फेला पर्ने बताएका छन् । ब्राजिलमा अस्पताल पुगेकाहरूलाई मात्रै कोरोना संक्रमणको जाँच गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment