Comments Add Comment

भारतबाट फर्किने क्रमसँगै रौतहटमा संक्रमित बढे

५ जेठ, रौतहट । पछिल्लो दुई दिनमा मात्र रौतहटमा कोरोना भाइरस (कोभिड-१९) का १८ नयाँ संक्रमित भेटिएका छन् ।

सोमबार सरकारले घोषणा गरेका नौमध्ये आठ जना संक्रमित रौतहटका हुन् । उनीहरूमा ईशनाथ नगरपालिकाका ७ र माधवनारायण नगरपालिकाको एक जना छन् । आइतबार रौतहटको ईशनाथ र राजपुर नगरपालिकामा १० संक्रमित भेटिएका थिए ।

रौतहटवासी रोजगारीका सिलसिलामा भारतका मुम्बई, गुजरात, कलकता, हरियाणा, बिहारलगायतका स्थानमा पुगेका हुन्छन् । भारतमा लकडाउन खुकुलो भएसँगै उनीहरू घर फर्किन थालेका छन् । भारतबाट फर्किनेहरू बढेसँगै जिल्लामा कोरोना संक्रमित पनि थपिँदै गएका छन् ।

भारतमा रेल सेवा सुरु भएपछि सोमबारसम्म ५२० जना भित्रिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

यसरी आउनेहरूलाई उनीहरूको पायक पर्ने स्थानीय तहको क्वारेन्टाइनमा पठाउने गरिएको छ । क्वारेन्टाइनमा सात दिन बिताएकाहरूको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइनेछ । ११० जनाको स्वाब संकलन गरेर शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा पठाइएको थियो ।

‘भारतबाट फर्किएकाहरू क्वारेन्टाइनमा छन्,’ प्रजिअ घिमिरेले भने ‘भीटीएम अभावका कारण स्वाब परीक्षणको काम सुस्त छ । थप किट माग गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment