
५ जेठ, काठमाडौं । पूर्वरक्षामन्त्री समेत एवं प्रमुख विपक्षी कांग्रेसका सांसद भीमसेनदास प्रधानले सेनालाई सीमामा पठाउनन सरकारलाई आग्रह गरेका छन् ।
‘वार्ता हुँदै गर्छ । सेनालाई सीमामा पठाउनुपर्छ । आफ्नो सीमा रक्षा गर्ने दायित्व सरकारको हो । सीमा खाली छोडेमा मिच्नेले मिचिराख्छ ‘ प्रधानले सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भने ।
सेना पठाउनका लागि तत्काल सुरक्षा परिषद् बैठक बोलाउन सकिने उनले बताए ।
भूकम्प र बाढी आउँदा मात्रै सुरक्षा परिषद्को बैठक बस्ने गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे । सांसद प्रधान भन्छन्, ‘हाम्रोमा बाढी र भूकम्प गएपछि मात्रै सुरक्षा परिषद्को बैठक बस्ने गरेको छ । तत्काल सुरक्षा परिषद् बैठक बोलाएर सेनालाई सीमा सुरक्षामा पठाउनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4