+
+
Shares

जम्मु–कश्मीरमा आतंकवादी समूहसँग मुठभेड, मोबाइल र इन्टरनेट सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते ६:४७

६ जेठ, काठमाडौं । जम्मु–कश्मीरको श्रीनगर क्षेत्रमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड भएको छ । सोमबार राति दुई बजेदेखि मुठभेड जारी रहेको भनिए पनि क्षतिको विवरण आइसकेको छैन ।

कश्मीर प्रहरीले ट्वीट गरेर भनेको छ, ‘श्रीनगरको कानेमजार नवाकदल इलाकामा इन्काउन्टर सुरु भएको छ । जम्मु–कश्मीर प्रहरी र सीआरपीएफले आफ्नो काम गरिरहेका छन् । थप जानकारी पछि दिइने छ ।’

श्रीनगर क्षेत्रमा अहिले इन्टरनेट र मोबाइल सेवा बन्द गरिएको छ । बीएसएनएलको पोस्टपेड सेवा भने चलेको छ ।

घना वस्ती रहेको श्रीनगरको क्षेत्रमा आतंकवादी लुकेर बसेको सूचना पाएपछि रातिदेखि सर्च अपरेसन चलाइएको थियो । सुरक्षाकर्मीले केही घरलाई घेरा हालेपछि गोली हानाहान सुरु भएको हो ।

गत आइतबार श्रीनगर क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट हिजबुल मुजाहिद्दिन समूहका ताहिर अहमद मारिएका थिए । ११ दिन अगाडि मारिएका रियाज नाइकु पछिको यो दोस्रो ठूलो इन्काउन्टर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?