+
+
Shares

वडा सदस्यको मृत्युको शोकमा भरतपुर महानगरपालिकामा बिदा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते ९:५६

६, जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका- ४ का वडा सदस्य प्रेम पाठकको मृत्यु भएको शोकमा महानगरपालिकाले मंगलबार बिदा दिइएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महानगरपालिकाका जनप्रतिनिधि पाठकको मृत्युमा शोक व्यक्त गर्दै एक दिन बिदा दिइएको बताए ।

महानगरपालिकाका २९ वटै वडा कार्यालय तथा अन्य शाखा महाशाखा सबै बन्द हुनेछन् । नेपाली कांग्रेसबाट निर्वाचित वडा नं. ४ का जनप्रतिनिधि पाठकको उपचारको क्रममा सोमवार चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

उनी जण्डिसका बिरामी थिए । पाठकको सोमबार नै अन्त्येष्टि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?