 
																			६ जेठ, जनकपुरधाम । ४ वर्षअघि गोली प्रहार गरी मोटरसाइकल लुटपाट गरेको घट्नामा फरार रहेका एक व्यक्ति धनुषाबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–७, का ‘चाणक्य’ भनिने विजय यादव छन् ।
यादवले ०७३ फागुन १ गते सिरहाको कल्याणपुर नगरपालिका–८, अरंगका लालु खानलाई गोली प्रहार गरी घाइते बनाएका थिए । खान घाइते भएपछि उनको ना.३८प १३३४ नम्बरको मोटरसाइकलसहित यादव फरार थिए ।
घरमै लुकेको विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय, जनकपुरधामबाट खटिएको प्रहरी निरीक्षक उमेशमान अमात्य नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
यादव त्यस बेला सशस्त्र भूमिगत समूह मधेशी राष्ट्रिय जनतान्त्रिक पार्टी (क्रान्तिकारी) का सदस्य रहेको प्रहरी भनाइ छ ।
यादवलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4