Comments Add Comment

बेलायती राजदरबारका केही रोचक तथ्य

बेलायतको राजदरबार अर्थात् बकिंघम प्यालेस बेलायती राजसंस्थाको निवासका साथै प्रशासनिक मुख्यालय पनि हो । बकिंघम दरबारका बारेमा तपाईंलाई के–के थाहा छ ? केही तथ्यहरूचाहिँ यस्ता छन्ः

– सन् १७६१ मा जर्ज तृतीयले आफ्नी पत्नी रानी चार्लोट बस्नका लागि बकिंघम दरबारको भवन खरीद गरेका थिए । तर सन् १८३७ मा मात्रै महारानी भिक्टोरियाले उक्त महललाई पहिलोपटक आफ्नो आधिकारिक निवास बनाएकी थिइन् । भिक्टोरिया नै बकिंघम प्यालेसमा बस्ने पहिलो बेलायती महारानी हुन् ।

– बकिंघम प्यालेसमा कूल ७ सय ७५ वटा कोठा छन् । त्यसमध्ये ५२ वटा शाही कोठा हुन् । जहाँ केवल राजघरानाका मानिसहरू बस्दछन् । त्यस्तै १९ वटा स्टेट रुम र १ सय ८८ वटा कर्मचारी शयन रहेका छन् भने ९२ वटा कोठाहरू कार्यालयका रूपमा प्रयोग गरिएका छन् । कक्ष बकिंघम दरबारमा १५ सय १४ वटा ढोका र ७ सय ६० वटा झ्याल छन् । त्यसका अलावा दरबारमा ३ सय ५० भन्दा धेरै घडीहरू स्थापित गरिएको छ । दरबारको मोहडा १ सय ८ मिटर चौडा छ भने २४ मिटर अग्लो छ ।
– बकिंघम प्यालेसको भुइँतलामा एउटा एटीएम मेसिन राखिएको छ । त्यो राजपरिवारको निजी एटीएम मेसिन हो । महारानी, राजकुमार तथा राजकुमारीलगायतले मात्र उक्त एटीएमको प्रयोग गर्दछन् ।

– बकिंघम प्यालेसमा पहिलोपटक सन् १८८३ मा बिजली बलेको थियो । हाल बकिंघम प्यालेसमा ४० हजार बिजुलीका बल्ब जडित छन् ।

– इंगल्याण्डको सबैभन्दा ठूलो महल मध्येको एक बकिंघम प्यालेसको बगैंचा बेलायतको सबैभन्दा ठूलो निजी बगैंचा हो ।

– बकिंघम प्यालेसमा वार्षिक ५० हजार पाहुना पुग्दछन् । त्यहाँ महारानीको आयोजनमा वर्षैभरि विभिन्न औपचारिक कार्यक्रम तथा भेटघाटको आयोजना हुन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment