+
+
Shares

अनुदित कविता : सबैभन्दा खतरनाक

अवतार सिंह 'पाश' अवतार सिंह 'पाश'
२०७७ जेठ ७ गते १३:०९

पसिनाको कमाइ लुटिनु त्यति खतरनाक हुँदैन
छातीमा सेनाले बुट बजार्नु त्यति खतरनाक हुँदैन
धोका दिनु र लोभले मुठ्ठी कस्नु पनि खतराको कुरा हैन

बिना अपराध हातमा हत्कडी पाउमा जन्जीर बाँधिनु
डरको च्यादरमुनि दबिएर बस्नु
सही हुँदाहुँदै पनि गलत स्वरको भिडले किचिनु
ताप र पापमा पर्नु
केवल औंला भाँचेर दिन कटाउनु
केवल दिन कटाउन औंला भाँच्नु
दुःखको कुरा त हो,
तर यी सबैभन्दा खतरनाक हुँदैन Û

सबैभन्दा खतरा कुरा त
मस्तिष्कभरी शान्ति भरिनु हो
बेचैन नहुनु हो, तड्पन नहुन हो
सबै कुरा सहेर बस्नु,
घरबाट काममा जानु
र कामबाट घरमा फर्किनु
सबैभन्दा खतरनाकको कुरा हो

सबैभन्दा खतराको कुरा त
हाम्रा सपनाहरूको हत्या हुनु हो !

सबैभन्दा खतरनाक त्यो समय हो
जो हाम्रै नाडीमा बाँधिएर, पनि हाम्रा लागि बन्द हुन्छ

सबैभन्दा खतरनाक ती आँखाहरू हुन्-
जहाँ कुनै प्रेमका गुलाफ फक्रिएका छैनन्
जसले चुमेका छैनन् प्रेमले संसार
र केवल घीनलाग्दा दृश्य दोहोर्याइ-दोहोर्याइ हेरिरहेछन्
सबैभन्दा खतरनाक त्यो गीत हो-
जो शोक-काव्यजस्तो उच्चारण हुन्छ
र सुकुलगुण्डाजस्तो पीडितको दैलो ढक्ढक्याउन आइपुग्छ

सबैभन्दा खतरनाक त्यो सुन्दर जून हो
जो प्रत्येक हत्याकाण्डपछि
केही थाहा नपाए जस्तो
कुनै प्रतिवादविना आंगनको डिलबाट लुकेर निस्किन्छ,
तर तिम्रा आँखामा
नौनी जस्तो शीतल बनेर बस्छ
सबैभन्दा खतरनाक त्यो कोण हो
जहाँ तिम्रो आत्माको सूर्य डुब्छ
र लासको एक टुक्रा न्यानो घाम
तिम्रो शरीरमा पोखिएर जान्छ…

पसिनाको कमाई लुटिनु त्यति खतरनाक हुँदैन
छातीमा सेनाले बुट मार्नु त्यति खतरनाक हुँदैन
धोका दिनु र लोभले मुठ्ठी कस्नु पनि खतराको कुरा हैन
तर, सबै कुरा सहेर बस्नु
घरबाट काममा जानु
र कामबाट घरमा फर्किनु
सबैभन्दा खतराको कुरा हो ।
(पञ्जाबका कवि अवतार सिंह ‘पाश’ (१९५०-१९८८) को यो कविता पञ्जाबीमा लेखिएको थियो । भारतमा भएको नक्सलवादी लगायतका राजनीतिक आन्दोलनको समयमा हिन्दी भाषाबाट जनमानसमा यो कविता लोकपि्रय बन्यो । हिन्दीबाट काशीराम बजगाईंको नेपालीकरण ।)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?