
७ जेठ, काठमाडौं । भक्तपुर प्रशासनले भक्तपुर होटेल एशोसिएशन मातहतका होटेललाई क्वारेन्टाइनका रुपमा उपयोग गर्ने प्रस्ताव गरेको छ । होटल संघ भक्तपुरका पदाधिकारीले बुधबार प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेसहित जिल्लस्थित सुरक्षा निकायका प्रमुखहरुसँग भेटेका थिए ।
भेटमा प्रहरी उपरिक्षक सविन प्रधानले भक्तपुरमा रहेका होटल क्वारेण्टाइनका लागि सःशुल्क उपलब्ध गराउन व्यवसायीसँग अनुरोध गरेका छन् ।
कार्यक्रममा होटल संघ भक्तपुरका अध्यक्ष सत्यराम सुवालले भक्तपुुर जिल्ला प्रशासनसँग सहकार्य गर्न इच्छुक रहेको जानकारी गराएको संघले उल्लेख गरेको छ । उनले स्थानीयको भावना बुझेर क्वारेन्टाइनको ब्यवस्था गर्न सुझाव दिए ।
संघका उपाध्यक्ष उकेश श्रेष्ठले होटल क्वारेन्टाइनमा दिदा यसको मोडालिटीमा स्पष्ट हुनुपर्ने बताएका थिए । प्रहरी उपरिक्षक प्रधानले भने भौतिक संरचनामात्र उपयोग गरि सम्पुर्ण बन्दोबस्ती सरकार आफैले ब्यहोर्ने गरी होटेल क्वारेन्टाइनमा बनाउन सकिने बताएका थिए ।
कार्यक्रममा विरदल गण भक्तपुरका प्रमुख शिव पौडेलले भक्तपुरका सम्पुर्ण होटललाई एकैपल्ट क्वारेन्टाइनमा प्रयोग नगरी तिनीहरुलाई ३ वर्गमा बिभाजन गर्ने प्रस्ताव गरे । पहिलोमा समुदायसँग टाढा रहेको, दोस्रो वर्गमा समुदाय सँगै भएपनि कम्पाउण्ड वालले घेरेको र तेस्रोमा कम्तिमा २० जनाको क्षमता भएको होटललाई प्रयोग गर्न सकिने बताए ।
प्रतिक्रिया 4