Comments Add Comment

भारतमा २५ मेबाट खुल्ने भयो आन्तरिक उडान

७ जेठ, काठमाडौं । लकडाउन केही खुकुलो बनाएको भारतले अब आन्तरिक उडान खुला गर्ने घोषणा गरेको छ । भारतीय नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले २५ मेबाट हवाई सेवा सूचारु गर्ने तयारी गर्न सबै विमानस्थल र वायुसेवा कम्पनीलाई निर्देशन दिएका छन् ।

भारतमा ३१ मेसम्म लकडाउन बढाइएको छ । तर, राजधानी नयाँ दिल्लीसहित कतिपय शहरमा शर्तसहित लकडाउन खुकुलो भएको छ । यहाँ सार्वजनिक यातायात समेत संचालनमा आइसकेको छ ।

मन्त्री पुरीले टुइट गर्दै सबै कम्पनी र विमानस्थललाई सेवा सूचारु हुने जानकारी गराएका हुन् । उनका अनुसार भारतले हवाई उडानका दौरान पालना गर्नुपर्ने निर्देशिका भने सरकारले जारी गर्ने भएको छ । भारत संसारको ठूलो एभिएसन उद्योगमध्ये एक हो ।

भारतमा नागरिक उड्डयन प्राधिकरणले भने यात्रुका लागि सुरक्षा निर्देशका जारी गरिसकेको छ । जसअनुसार अब यात्रुले विमानस्थलमा आएर बोर्डिङ पास लिइरहनु नपर्ने भएको छ । हवाई यात्रुका लागि एक एप्स बनाइएको छ ।

सोही एप्सबाट बोर्डिङ पास लिन सकिने भएको छ । वेवचेकइन गरी प्राप्त हुने बोर्डिङ पासलाई आफैले प्रिन्ट गरेर सोही पास बोकेर विमानस्थल जानुपर्ने छ । यात्रुले मास्क तथा अन्य सुरक्षात्मक सामग्री अनिवार्य लगाउनु पर्ने भएको छ ।

यात्रुले अब विमानस्थलमा कम्तिमा ४ फिटको दूरी कायम गर्नुपर्छ । अब हरेक यात्रुले ३५० एमएल क्षमताको स्यानिटाइजर बोटलसमेत साथमा राख्नु पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment