Comments Add Comment

विराटनगरमा घरभित्र गाडेको अवस्थामा वृद्धको शव भेटियो

७ जेठ, विराटनगर । विराटनगरमा घरभित्रै गाडेको अवस्थामा शव भेटिएको छ । विराटनगर महानगरपालिका-१४ का ५५ वर्षीय सत्यनारायण चौहानको शव घरभित्र गाडिएको अवस्थामा बुधबार साँझ भेटिएको हो ।

प्रहरीका अनुसार सत्यनारायणको घरमा उनी र उनका २९ वर्षका छोरा बस्दै आएका थिए । कान्छा छोरा नगेन्द्र चौहान विराटनगर बजारमा बस्थे ।

चार दिनयता सत्यनारायणले कान्छा छोराको फोन उठाएका थिएनन् । त्यसपछि बुधबार उनी आउँदा घर खुल्ला थियो । भित्र खनेको माटो देखिएको थियो । शंकास्पद लागेपछि छोराले इलाका प्रहरी कार्यालय रानीमा खबर गरेका थिए ।

प्रहरी आएर हेर्दा गाडेको अवस्थामा शव भेटिएको हो । प्रहरीले शव उत्खनन गरिरहेको इलाका प्रहरी कार्यालय रानीका इञ्चार्ज प्रहरी निरीक्षक दीपक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment