+
+
Shares

बर्दियामा ढिस्कोले पुरिएर बालकको मृत्यु

रासस रासस
२०७७ जेठ ८ गते १९:१९

८ जेठ, राजापुर । बर्दियाको ठाकुरबाबा नगरपालिका-४ सैनवारमा माटाको ढिस्काबाट पुरिँदा बिहीबार एक बालकको मृत्यु भएको छ ।

घर लिप्नका लागि माटो निकाल्ने स्थानमा खेल्दै गर्दा ढिस्काबाट पुरिएर स्थानीयवासी १० वर्षीय संगम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिए ।

ढिस्कोबाट पुरिएर १२ वर्षीय सुगन्ध थारु सामान्य घाइते भएका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?