+
+
Shares

एम्बुलेन्स चलाएर बिरामी अस्पताल पुर्‍याउँदै वडाध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ९ गते १५:१९

९ जेठ, डोटी । एउटा वडाध्यक्षको काम विकास निर्माण र आफ्ना जनताका लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो । दीपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्का भने आफैँ एम्बुलेन्स चालक बनेर नागरिकको सेवामा लागेका छन् ।

वडाध्यक्ष खड्काले आफैँले एम्बुलेन्स चलाएर खुल्लेक गाउँबाट बिरामी बोक्ने तथा पुर्याउने काम गरिरहेका छन् ।

खुल्लेककी ६५ वर्षीया राजकुमारी खड्का गाउँमा उपचार नपाएर छटपटाएपछि उनको उपचारका लागि वडाध्यक्ष खड्का आफैँले एम्बुलेन्स चलाएर ल्याए । अस्पतालमा उपचार गर्न लैजाने गाडी नपाउँदा घरैमा बिरामले छटपटाउन थालेको खबर पाएपछि चालक नहुँदा आफैँले एम्बुलेन्स चलाएर बिरामी अस्पताल ल्याएको वडाध्यक्ष राजेन्द्र खड्काले बताए ।

उनले भने, “गाडी नपाएर बिरामी आमाको बिचल्ली भएको रहेछ, चालक नहुँदा म आफैँ एम्बुलेन्स लिएर लिएर अस्पताल पुर्‍याएँ, उपचार पाउनुभयो ।” शैलेश्वरी अस्पतालका चालक घर बिदामा भएका कारण एम्बुलेन्स गाउँ लैजान सक्ने अवस्था नभएपछि वडाध्यक्ष खड्काले आफैँ एम्बुलेन्स लगेर बिरामीको उद्धार गरेका हुन् । वडाध्यक्ष खड्का एम्बुलेन्स चलाउन सक्ने र लाइन्सेन्स प्राप्त भएकाले आँट गरेर बिरामी लिएर आएको शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए ।

कोरोना संक्रमणको जोखिम कम गर्न राज्यले आह्वान गरेको लकडाउनका मारमा रहेको अवस्था वडाका सर्वसाधारणलाई छिटो र सहज उपचारका लागि आफैंले लैजाँदा केही नहुने सोचेर सेवाका भावले एम्बुलेन्स चालक बनेर सेवा गरेको वडाध्यक्ष खड्काले बताए । उनले भने, “जनताका लागि सकेको सहयोग गर्ने प्रणका साथ मत मागेर चुनाव जितेको हो, जनताको मतको कदर गर्दै सकेको सहयोग गर्नु मेरो दायित्व ठानेर अध्यक्ष भए पनि एम्बुलेन्स चलाएर बिरामी लिएर आएको हुँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?