९ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।
जसमा ४ सय ३३ जना पुरुष र ७४ जना महिला रहेका छन् । शुक्रबार दिउँसो २० जना कोरोना संक्रमित थपिएका छन् ।
बाँकेका १४ जना, कैलालीका ३ जना, डडेल्धुरा, बैतडी र मोरङका १/१ जना रहेका छन् । नेपालगञ्जको भेरी अस्पतालमा परीक्षण गर्दा नरैनापुर गाउँपालिकाका १३ जना र राप्तीसोनारी गाउँपालिकाका १ जना संक्रमित भएका छन् ।
त्यस्तै कैलालीको जानकी गाउँपालिकामा ३ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरु स्थानीय सरस्वती माविको क्वारेन्टाइनमा बसेका थिए ।
सुदूरपश्चिमको डडेल्धुरा र बैतडीमा पनि पहिलो पटक कोरोना संक्रमण देखिएको छ । डडेल्धुराका संक्रमित परशुराम नगरपालिकाका हुन् भने बैतडीका संक्रमित शिवनाथ गाउँपालिकाका हुन् ।
त्यस्तै मोरङको रतुवामाइ नगरपालिका– २ मा पनि एक संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया 4