Comments Add Comment

कोरोना नभएकालाई मात्रै नाकाबाट प्रवेश दिने व्यवस्था गर्न कर्णाली सरकारको माग

१० जेठ, काठमाडौं । कर्णाली प्रदेश सरकारले भारतबाट आउने नेपालीमा कोरोना भाइरस (कोभिड-१९) नभएको यकिन गरेर मात्रै प्रदेशमा प्रवेश गराउने व्यवस्था गरिदिन केन्द्र सरकारसँग माग गरेको छ ।

भारतमा मजदुरी गरिरेका कर्णालीवासीहरू हरेक दिन सयौंको संख्यामा भित्रिन थालेपछि प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले नाकामै परीक्षण गर्ने व्यवस्था मिलाइदिन केन्द्र सरकारलाई गुहारेको हो ।

बैठकले भारतबाट आएका नागरिकहरू विनापरीक्षण प्रदेशमा प्रवेश गरे प्रदेशको नाकामै आवश्यक परीक्षण गर्ने, मनोसामाजिक परामर्श दिने र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राखेपछि पीसीआर जाँच गर्ने निर्णय गर्ने पनि गरेको छ ।

प्रदेशमा प्रवेश गर्ने भारतबाट आएकाहरु र नेपालकै जोखिमयुक्त क्षेत्रबाट आएकाहरुके विवरण अध्यावधिक गर्ने, क्वारेन्टाइनहरुको सुधार गर्ने र पालिकामा एकीकृत क्वारेन्टाइन निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै, बैठकले कोरोना संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाकै आइसोलेसनमा राख्ने र रिफरल केसमात्र विशिष्टिकृत अस्पतालमा पठाउने निर्णय गरेको छ । यसअघि कर्णालीका पहिलो संक्रमितलाई कहाँ राख्ने भन्ने विषयमा विवाद भएपछि बैठकले यस्तो निर्णय गरेको हो ।

हालसम्म कर्णालीमा सुर्खेतका तीन र दैलेखका एक गरी पाँच जनामा कोरोना पुष्टि भएको छ ।

विकास निर्माणलाई निरन्तरता दिने

कर्णालीमा विकास निर्माणका कामलाई भने निरन्तरता दिने निर्णय भएको छ । सुरुमा लकडाउन हुँदा सबै काम ठप्प भए पनि लामो समय संक्रमण नदेखिएपछि कर्णालीमा विकास निर्माण कार्य खुला गरिएको यो ।

सञ्चालित आयोजनाका लागि जिल्ला बाहिरबाट निर्माण सामग्री र जनशक्ति सहज रुपमा व्यवस्थापन गर्ने र बाहिरबाट ल्याइएका जनशक्तिलाई आयोजना स्थलमै ग्रुप आइसोलेसनको व्यवस्था गर्ने पर्नेछ ।

निर्माणजन्य, खाद्य तथा कृषि र पशुजन्य सामग्री ढुवानीमा पनि रोक नलागाइने भएको छ । तर, उच्च सुरक्षा व्यवस्था मिलाउने र जोखिमयुक्त क्षेत्रबाट त्यस्ता सामग्रीको आगमन हुन नदिने निर्णय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment