 
																			२७ वैशाख, काठमाडौं । लामो समय लकडाउन लम्बिँदा व्यापारबाटै पलायन हुने अवस्था आउन लागेको भन्दै राष्ट्रिय व्यापार संघले तत्कालै राहत प्याकेज घोषणा गर्न माग गरेको छ।
दुई महिनादेखि सबैको पसलका सटरहरू बन्द रहँदा समेत सरकारले व्यवसायीका लागि केही नसोचेको संघको गुनासो छ ।
संघका महासचिव बैकुण्ठ दाहालले सरकारले तत्कालै राहत प्याकेज घोषणा गरेर पुनः व्यवसायमा फर्कनै नसक्ने अवस्था आउन लागेको बताए । व्यवसायीहरू ठूलो समस्यामा परिसक्दा पनि राज्यले बेवास्ता गरेको उनको आरोप छ।
आम्दानी एक रुपैयाँ नभए पनि खर्च भने भइरहेका कारण व्यवसायीहरूलाई धेरै समस्यामा परेको उनले बताए । उनले बैङ्कका साथै सहकारी संस्थाहरूको ब्याज र घरभाडामा मिनाहा गर्नुपर्ने माग राखे ।
‘लामो समयदेखि सटहरू बन्द छन्, आम्दानी केही छैन’ उनले भने, ‘तर, व्यवसाय गर्न लिएको ऋणको ब्याज तिर्नुपर्छ, घरभाडा तिरिराख्नुपर्छ यसकारण पनि हामी समस्यामा छौं ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4