+
+

नेकपामा एमसीसीबारे छलफल, एमसीए नेपालका कार्यकारी निर्देशक पनि सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १० गते २१:३७

१० जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी  कमिटी सदस्यहरूले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमै बसेको भएको छलफलमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । सञ्चो नभएको भन्दै बैठकमा सहभागी नहुने पूर्वजानकारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको नेताहरूले बताएका छन् ।

अनौपचारिक भनिएको छलफलमा एमसीसी कार्यदलका सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावल, नेताद्वय देव गुरुङ र लीलामणि पोखरेलका साथै एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलाई पनि बोलाइएको थियो ।

छलफलमा नेकपाको एमसीसी कार्यदलका संयोजक खनाल र रावलले इण्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भने मान्य नहुने र सम्झौता संशोधन नगरी संसदबाट पास गर्न नहुने धारणा राखेका थिए । कार्यदलका अर्का सदस्य ज्ञवालीले सहमति भइसकेको सम्झैता अस्वीकार गर्न नमिल्ने बताएका थिए ।

लगतै बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेटबारे ब्रिफिङ गरेका छन् । उनले नयाँ कार्यक्रम नआउने तथा नीति कार्यक्रमअनुसार कोरोना भाइरस र त्यसले निम्त्याएको संकटलाई सम्बोधन गर्ने बजेट ल्याउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?