
तनाव किन हुन्छ ? तनावले के गर्छ ? यसको सही व्यवस्थापन के हुन सक्छ ? अहिलेको सन्दर्भमा गम्भीरतापूर्वक मनन गर्नुपर्ने विषय हो यो । किनभने अहिले जसरी परिस्थिति जटिल बन्दै गएको छ, त्यसले तनाव पैदा गर्ने जोखिम प्रशस्तै छन् । तनावलाई सही ढंगले व्यवस्थापन गर्न नसकेको अवस्थामा त्यो मनो विकारको रुपमा रहन्छ र शारीरिक एवं मानसिक समस्या निम्त्याउँछ । जस्तो कि डिप्रेसन, एन्जाइटीदेखि उच्च रक्तचापसम्म ।
तर, बाहिरी कुराले मात्र तनाव उत्पन्न गर्दैन । जस्तो कि अरूको व्यवहार, परिस्थिति आदिले मात्र तनाव पैदा गर्दैन । तनाव हाम्रो आन्तरिक कारणले पनि हुन्छ । आन्तरिक कारक तत्वहरूमध्ये जीवनशैली, काम गर्ने तरिका, खानपान, बढी सोच्ने, बढी विश्लेषण गर्ने, आत्मालोचना धेरै गर्ने, निराशावादी सोचाइ राख्ने, हरेक कुरामा पूर्णता खोज्ने, कडा सोचाइ राख्ने र हरेक अरूका कुरालाई आफूसँग तुलना गर्ने जस्ता कुराहरू पर्छन्।
बाह्य कारक तत्वहरूमा शरीरलाई असर पार्ने कारक तत्वहरू (ध्वनि, प्रकाश, तापक्रम र बसोबास गरेको ठाउँको अवस्था), सामाजिक तत्वहरू, संस्थागत तत्वहरू र जीवनमा घटने विशेष घटनाहरू (जन्म , मृत्यु, विवाह, दुर्घटना, पारिवारिक विभाजन र रोगको अवस्था) रहेका छन् ।

तनाव उत्पन्न गर्ने कारणहरू
– पारिवारिक समस्या
– प्राविधिको अत्याधिक प्रयोग
– काम गर्ने ठाउँको वातावरण
– रोगको अवस्था
– काममा समयसीमा
– जागिर जाने जोखिम
संकेत -चिह्न
– निद्रा नलाग्ने वा बढी निद्रा लाग्ने
– मानसिक एकाग्रतामा कमी हुने
– डिप्रेसन
– टाउको दुख्ने
– एक्लोपना हुने
– झोकिने-क्रोध
– भयभीत हुने
तनाव व्यवस्थापन गर्न सकिने रणनीतिहरू
– परिस्थिति र वातावरण अनुसारका कामहरू गर्ने
– आफ्नो सोच्ने तरिकामा परिवर्तन
– आफूले बदल्न नसक्ने परिस्थितिलाई छाडेर अगाडि बढ्ने
– तनाव व्यवस्थापन गर्न निम्न कुराहरू गर्न सकिन्छ ।
– आफ्नो लागि केही समय छुट्याउने
– तनाव उत्पन्न हुने कारकतत्व जानी त्यसबाट टाढा रहने
– तनाव उत्पन्न हुने परिस्थितिहरूलाई नियन्त्रण साथै उचित सञ्चार गर्ने
– नियमित व्यायम र योगा गर्ने
– सन्तुलित भोजन गर्ने
– नराम्रा कुरालाई भुल्ने र गर्नेलाई माफी दिने
– आफ्नो लागि आवश्यक सिपहरू सिक्ने
– सबैसँग मैत्रीपूर्ण र आत्मीय व्यवहार राख्ने
– समस्या छन् भने त्यसको समाधान खोज्ने
– आफ्नो राम्रा कार्यलाई विश्लेषण गरी अझ निपूर्ण बनाउन कोसिस गर्ने
– गर्न सकिने कार्यहरूको योजना निमार्ण गर्ने
– मादक पदार्थको सेवन नगर्ने र जति सक्यो खुसी हुने
– आफ्नो कमाइको केही पैसा भविष्यको आवश्यक कामको लागि बचत गर्ने साथै नियमित मेडिटेसन गरी आरोग्य पार्ने
– सोचलाई नियन्त्रण गर्ने
– घर र बगैँचाको कामहरूमा व्यस्त रहने
– आफूलाई मनपर्ने काम गर्ने जस्तै गाना सुन्ने, फिल्म हेर्ने, किताब पढ्ने इत्यादि
– धुम्रपान नगर्ने साथै शान्त भएर बस्ने
– परिवार र आफन्तसँग रमाइलो गर्ने
– दिनमा ६ देखि ७ घण्टा सुत्ने वा आवश्यकताअनुसार सुत्ने
– आफूसँग भएका कुराप्रति कृतज्ञ हुने र आफूलाई सधैं आफ्रनो प्रिय मान्ने र समयको उचित व्यवस्थापन गर्ने
– अरूले गरेको आवश्यक कुरालाई पनि बुझ्न कोसिस गर्ने वा बुझ्ने
– सही सूचना सही ठाउँबाट लिने र सही ठाउँमा दिने
– कुनै कुरामा पनि चिन्ता लिने काम कम गर्ने
– आफूसँग भएको कुरामा खुसी हुने र मेहनत गर्ने
– वार्षिक कार्यतालिका निमार्ण गर्ने साथै वैकल्पिक व्यवस्था पनि गर्ने
– जीवनको सधैं आनन्द लिने, अनुभव गर्ने र प्रसन्न हुने
विश्वभर उत्पन्न भएको कोरोनाको कारण यहाँहरूमा विभिन्न देखिने/नदेखिने खालका तनावहरू उत्पन्न भएका हुन सक्छन् । माथि उल्लेखितमध्ये आवश्यक तरिका आफ्नो जीवनमा लागू गरी तनाव मुक्त भई मानसिक स्वास्थलाई राम्रो बनाउन सकिन्छ । मानसिक स्वास्थ्य महत्वपूर्ण कुरा हो । मानसिक स्वास्थ्य राम्रो राखे मात्र शारीरिक, सामाजिक र भावनात्मक स्वास्थ्य राम्रो हुन्छ ।
लेखक जनस्वस्थ्यकर्मी हुन्
प्रतिक्रिया 4