+
+

कैलालीमा करेन्ट लागेर १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते ९:००

११ जेठ कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ को सिर्जना इँट्टा उद्योगमा मजदुरी गर्दै आएका घोडाघोडी १० का ३३ वर्षीय जबरसिह चौधरीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका चौधरीको उपचारका लागि सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी प्रवक्ता दक्ष बस्नेतले जानकारी दिए ।
उनको शनिबार राति करिब ११ बजे ज्यान गएको हो ।

अर्का मजदुर घोडाघोडी १७ कै सुजन चौधरी घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रवक्ता बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?