+
+
Shares

कैलाली र तनहुँमा करेन्ट लागेर दुईजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते १४:२५

११ जेठ, कैलाली/ तनहुँ । कैलाली र तनहुँमा करेन्ट लागेर एक/एक जनाको मृत्यु भएको छ । आइतबार बिहान करेन्ट लाग्दा कैलालीमा इँटाभट्टामा काम गर्ने मजदुरको मृत्यु भएको हो भने तनहुँमा घाँस् काट्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु भएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका-१० का ३३ वर्षीय जवरसिंह चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । चौधरी गौरीगङ्गा नगरपालिका-१ स्थित सिर्जना इँट्टा उद्योगमा मजदुरी गर्दै आएका थिए ।

इँटाभट्टा नजिकै उनीहरु डेरा गरी बस्ने घरमा काम गर्ने क्रममा आइतबार बिहान तार सर्ट भइ करेन्ट लागेको प्रहरीले जनाएको छ ।

चौधरीलाई करेन्ट लागेपछि छुटाउन खोज्दा इँटाभट्टाकै अर्का कामदार सुजन चौधरीसमेत घाइते भएका छन् । घाइते भएका उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा जवरसिंहको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

उनीसँगै करेन्ट लागेर घाइते भएका सुजनको भने सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

भोजपुर घर भई तनहुँको म्याग्दे गाउँपालिका- १ माथिल्लो गुणादीमा डेरा गरी बस्ने ५४ वर्षीया सीता राईको पनि आइतबार बिहान घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

रुखमा चढेर घाँस काट्ने क्रममा रुखको हाँगाले हाइटेनसन तारमा छुँदा करेन्ट लागी सख्त घाइते भएकी ती राईको उपचारका क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?