+
+

गोरखामा बालिका करणी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते १९:०६

११ जेठ, गोरखा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका-७ च्याङ्लिका १७ वर्षीय दिपेन्द्रकुमाल रहेको प्रहरीले जनाएको छ । गत वैशाख २० गते बालिकालाई ललाइफकाइ आफ्नो घरमा लगेर जबरजस्ती करणी गरेको पीडितले दिएको जायरी उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वासुदेव खतिवडाले बताए ।

कुमाललाई आइतबार जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?