Comments Add Comment

साल्केविरुद्ध अग्स्बर्गको फराकिलो जित

११ जेठ काठमाडौं । जर्मन बुन्डेसलिगा अन्तर्गत आइतबार भएको पहिलो खेलमा अग्स्बर्गले शानदार जित हात पारेको छ । अग्स्बर्गले साल्के-०४ लाई उसैको मैदानमा ३-० ले पराजित गरेको छ ।

एडुअर्ड लोएवेनले खेलको छैटौं मिनेटमै गोल गर्दै अग्स्बर्गलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता कायम राखेको अग्स्बर्गले दोस्रो हाफमा २ गोल थप्यो ।

नोएह जोएल सारेनरेन बाजीले ७६औं मिनेटमा गोल गर्दै अग्स्बर्गको अग्रता दोब्बर पारे । सर्जियो कोर्डोभोले इन्जरी टाइममा गोल गर्दै अग्स्बर्गको जित सुनिश्चित गरे ।

जितपछि २७ खेलबाट ३० अंक जोडेको अग्स्बर्ग १२औं स्थानमा उक्लेको छ । साल्केले भने छैटौं स्थानमा उक्लेन मौका गुमायो । २७ खेलबाट ३७ अंक रहेको साल्के आठौं स्थानमा यथावत छ ।

कोरोनाभाइरसका कारण रोकिएको बुन्डेसलिगा गत शनिबारदेखि फेरि सुरु हुँदा अग्स्बर्ग पहिलो खेलमा वल्फ्सबर्गसँग २-१ ले पराजित भएको थियो । कोरोनाभाइरपछि क्लोजडोरमा खेल सुरु भएयता अग्सबर्गको यो पहिलो जित हो ।

उता साल्केको भने यो लगातार दोस्रो हार हो । यसअघि साल्के बोरुसिया डर्टमण्डसँग ४-० ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment