Comments Add Comment

तामाकोसीमा डुबेर दुई जना बेपत्ता

सां‌केतिक फोटो

११ जेठ, काठमाडौं । दोलखामा तामाकोसी नदीमा डुबेर दुई जना युवक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश बोहोराका अनुसार एक युवक माछा मार्ने क्रममा र एक युवक पौडी खेल्ने क्रममा तामाकोसी नदीमा डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा मेलुङ गाउँपालिका–१ पोवटीका ३६ वर्षीय दीपक भुजेल र कालिन्चोक गाउँपालिका–७ ठुलाखेतका नवराज पौडेल रहेको प्रहरी निरीक्षक बोहोराले बताए ।

चैतेघाटस्थित तामाकोसी खोलामा बुबा र भाइसँगै माछा मार्न गएका दीपकलाई माछा मार्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएको उनले बताए ।

पौडेल भने कोसी खेतस्थित तामाकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

बेग्लाबेग्लै स्थानमा भएको घटनाबारे जानकारी पाउनेबित्तिकै स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा उनीहरुको खोजी गरिए पनि फेला पार्न नसकिएको बोहोराले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘दिउँसो करिब साढे १ बजेदेखि बेपत्ता भएका उनीहरुको खोजीकार्य जारी छ । तर अहिले एक्कासी मौसम खराब हुन पुगेकोले उनीहरुको खोजीकार्यमा समस्या उत्पन्न भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment