
स्वयंभू प्रहरी बिट अगाडि रोकिएको शव वाहन र मृतक असई विष्णु कार्कीका भावविह्वल आफन्त । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
११ जेठ, काठमाडौं । सुतेकै ठाउँमा मृत फेला परेका प्रहरी बिट स्वयंभूका असई विष्णु कार्कीको शव पोष्टमार्टमका लागि लगिएको छ । उनको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
कार्कीको कन्चटमा गोली लागेको देखिएको छ । उनको मृत्युबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका डीएसपी राजकुमार केसीले प्रारम्भिक अनुसन्धानमा असई कार्कीले प्रारम्भिक अनुसन्धानमा कार्कीले आफूलाई आफैंले गोली हानेको हुनसक्ने देखिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4