१० जेठ काठमाडौं । बोरुसिया डर्टमण्डले बुण्डेसलिगामा लगातार दोस्रो जित हात पार्ने क्रममा शनिवार वुल्फ्सवर्गलाई २-० ले पराजित गरेको छ । जितपछि डर्टमण्डले शीर्ष स्थानको वायर्न म्युनिखसंग अंक दूरी एकमा झारेको छ ।
यस्तै वायर लेभरकुजन बोरुसिया मोन्चेनग्लाडबाकलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ ।
वल्फ्सवर्गको मैदानमा भएको खेलमा डर्टमण्डले दुवै हाफमा एकएक गोल गरेको थियो । खेलको ३२ औं मिनेटमा राफेल गुरेइरोले गोल गर्द अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा अच्रफ हाकिमीले गोल गर्दै डर्टमण्डको जित पक्का गरे ।
८० औं मिनेटमा फेलिक्स क्लउसले सिधै रातो कार्ड पाएपछि घरेलु टोली वल्फ्सवर्गले अन्तिम १० मिनेट १० खेलाडीमा रहेर खेलेको थियो ।
जितपछि २७ खेलबाट ५७ अंक जोडेको डर्टमण्डले शीर्ष स्थानको वायर्नसंग अंकदुरी १ मा झारेको छ ।
वार्यनले आजै एनट्राट फ्रंकपुर्टसँग घरेलु मैदानमा खेल्दैछ । अर्को चरणमा वार्यन र डर्टमण्डबीच खेल हुँदैछ ।
यस्तै शनिबारै भएको खेलमा काइ हाभार्टको दुई गोल मद्दतमा बायर लेभरकुजनले बोरुसिया मोन्चेनग्लाडबाकलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको छ ।
हाभार्टको सातौँ मिनेटको गोलबाट लेभरकुजनले पहिलो हाफमा अग्रता लिएको थियो । ५२औं मिनेटमा मार्कुस थुरामले ग्लाडबाकका लागि बराबरी गोल फर्काए । तर त्यसको ६ मिनेटपछि नै हाभार्टले पेनाल्टीमा गोल गर्दै लेभरकुजनलाई फेरि अग्रता दिलाए ।
८१ औं मिनेटमा स्भेन बेन्डरले गोल गरेपछि लेभरकुजनले ३-१ को जित निश्चित गरेको हो ।
जितपछि २७ खेलबाट ५३ अंक जोडेको लेभरकुजन मोन्चेनग्लाडबाकलाई १ अकले पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ । ग्लाडबाक चौथोमा झरेको छ । एक खेल कम खेलेको आरबी लेइपजित ५१ अंकसहित पाँचौमा छ ।
अन्य खेलमा रेलिगेसन जोनमा रहेको वेर्डर ब्रेमनले फ्राएवर्गलाई १-० ले पराजित गरेको छ । यस्तै होफेनहेइम र पाडेरबर्न ०७ ले १-१ को बराबरी खेलेका छन् ।
प्रतिक्रिया 4