Comments Add Comment

लकडाउनकै बीच सुरु भयो सेनाको हाइयर कमाण्ड तालिम

हाइयर कमाण्ड तथा म्यानेजमेन्टको शुभारम्भका क्रममा आफ्नो मन्तव्य राख्दै बलाधिकृत रथी शरदकुमार गिरी ।

११ जेठ, काठमाडौं । कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेकै बेला नेपाली सेनाले हाइयर कमाण्ड तालिम सुरु गरेको छ ।

नगरकोटस्थित वार कलेजमा जंगीअड्डाका बलाधिकृत रथी शरदकुमार गिरीले आइतबार हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको उद्घाटन गरेका हुन् ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, तालिममा २५ जना महासेनानी दर्जाका शिक्षार्थीको सहभागिता छ । सैनिक चिकित्सकबाट स्वास्थ्य परीक्षण गरेर रोग नलागेको यकिन गरेर शिक्षार्थीलाई पूर्ण रूपमा क्वारेन्टाइनमा राख्ने गरी तालिम सञ्चालन गरिएको जंगीअड्डाको दाबी छ । तालिम सामाजिक दूरी कायम कायम गरेर सञ्चालन गरिने जनाइएको छ ।

कार्यक्रममा बोल्दै गिरिले हालको जटिल अपरेसनल वातावरणमा समयसापेक्ष निर्णय लिनसक्ने नेतृत्व उत्पादनमा समेत तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

यसैबीच, सेनाले पहिलोपटक सञ्चालन गरेको अल आर्मस कमाण्ड तथा स्टाफ कोर्ष तालिममा उपरथी श्रेष्ठले प्रथम प्रवचन दिएका छन् । तालिममा ५० जना शिक्षार्थी अधिकृतहरु उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment