Comments Add Comment

नवलपुरका संक्रमितको सम्पर्कमा आएका ६ जनाको रिपोर्ट नेगेटिभ

११ जेठ, पोखरा । नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका ४५ वर्षीय कोरोना संक्रमितको सम्पर्कमा आएका ६ जनामा संक्रमण नभएको पाइएको छ । विनय त्रिवेणी गाउँपालिका–६ का ती व्यक्तिमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएको थियो ।

‘शुक्रबार नवलपुरमा गरिएको ३१ जनाको स्वाब परीक्षणमा एक व्यक्तिको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो,’ गण्डकी स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माले भने, ‘शनिबार नै कन्ट्याक ट्रेसिङका आधारमा ६ जनाको स्वाब संकलन गरेका थियौं ।’

ती कोरोना संक्रमितको चितवनस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको डा. शर्माले जानकारी दिए । गण्डकीमा आइतबारसम्म १ हजार ८ सय १८ जनाको स्वाब संकलन गरिएको छ ।

त्यसमध्ये १ हजार ५ सय ९३ जनाको रिपोर्ट नेगेटिभ आएको र २ सय २० जनाको नतिजा आउन बाँकी छ ।

गण्डकी प्रदेशमा हालसम्म ५ जना कोरोना संक्रमित पुष्टि भएका छन् । त्यसमध्ये २ जना निको भई घर फर्किसकेका छन् भने बाँकी ३ जनाको चितवनस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment