Comments Add Comment

ठोरीका २३० गर्भवतीलाई पौष्टिक आहार

११ जेठ, काठमाडौं । पर्साको ठोरी गाउँपालिकाका २३० जना गर्भवतीहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष शान्तिमाया थिङले पाँचवटै वडाका गर्भवतीलाई एक माना घ्यू र एक क्रेट अण्डा उपलब्ध गराएकी हुन् ।

लकडाउनका कारण गर्भवतीहरुलाई चाहिने अत्यावश्यकीय पौष्टिक आहार सहजै उपलब्ध नहुने अवस्थालाई मध्यनजर गर्दै पौष्टिक आहार वितरण गरिएको उनले बताइन् ।

विभिन्न वडामा अझै केही गर्भवतीहरु छुट्न गएको गुनासो आएकोले उनीहरुलाई पौष्टिक आहार उपलब्ध गराइने उनले बताइन् ।

कोरोना भाइरसको जोखिमबाट बच्नका लागि मास्क र हात धुनका लागि साबुन पनि वितरण गरिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment