+
+
Shares

ठोरीका २३० गर्भवतीलाई पौष्टिक आहार

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते २०:१६

११ जेठ, काठमाडौं । पर्साको ठोरी गाउँपालिकाका २३० जना गर्भवतीहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष शान्तिमाया थिङले पाँचवटै वडाका गर्भवतीलाई एक माना घ्यू र एक क्रेट अण्डा उपलब्ध गराएकी हुन् ।

लकडाउनका कारण गर्भवतीहरुलाई चाहिने अत्यावश्यकीय पौष्टिक आहार सहजै उपलब्ध नहुने अवस्थालाई मध्यनजर गर्दै पौष्टिक आहार वितरण गरिएको उनले बताइन् ।

विभिन्न वडामा अझै केही गर्भवतीहरु छुट्न गएको गुनासो आएकोले उनीहरुलाई पौष्टिक आहार उपलब्ध गराइने उनले बताइन् ।

कोरोना भाइरसको जोखिमबाट बच्नका लागि मास्क र हात धुनका लागि साबुन पनि वितरण गरिएको उनले बताइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?