+
+
Shares

ईदको शुभकामना दिँदै प्रचण्डले भने– एक भएर कोरोनाको प्रतिरोध गरौं

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १२ गते ६:५८

१२ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड ईदका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुमकामना व्यक्त गरेका छन् ।

सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोरोना भाइरस (कोभिड–१९) ले समानरुपले आक्रमण गरिरहेको उल्लेख गर्दै प्रचण्डले यस महामारीविरुद्धको संघर्षमा एकताबद्ध भएर प्रतिरोध गर्न सबैमा आग्रह गरेका छन् ।

शुभकामना सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान भएको उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्ने बताएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?