
Photo Credit : फाइल तस्वीर
१२ जेठ, वीरगञ्ज । बारामा एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान ७२ जना नयाँ संक्रमण पुष्टि भएको सूची सार्वजनिक गरेको छ । यी ७२ मध्ये २३ जना बाराको रहेको उल्लेख छ ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षण अनुसार बाराको महागढीमाई नगरपालिकाका–२१ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार, कलैया नगरपालिका–१, कोतवालीका २ जना पुरुषहरुमा संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा १८ वर्षका चार जना, १९ वर्षका दुई जना, २० वर्षका तीन जना, २४ वर्षका दुई जना, २५ वर्षका चार जना, ३६ वर्षका दुई जना रहेका छन् । यस्तै २६, ३०, ३१, ३२, ४० र ५० वर्षका एक/एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4