Comments Add Comment

बच्चालाई पोषक तत्वको कमी पो छ कि ? यसरी थाहा पाउन सकिन्छ

बालबच्चाले एकैथरीका खानेकुरा सेवन गर्दा वा अस्वस्थकर खानेकुरा मात्र खाइरहँदा उनीहरूमा पोषक तत्वको कमी हुन सक्छ । जबकि यही उमेरमा उनीहरूको शरीरलाई सम्पूर्ण पोषक तत्वको बढी खाँचो हुन्छ । शारीरिक र मानसिक विकासको यो चरणमा बालबालिकालाई पोषणयुक्त भोजन आवश्यक हुन्छ। तर, उनीहरूको खराब खानपान शैलीका कारण पोषक तत्वको कमी भएको हुन सक्छ । पोषक तत्वको कमी भएको कसरी थाहा पाउने त ?

बेचैन र उदास रहने

बेचैन हुने, उदास रहने लक्षण देखिएमा उनीहरूमा पोषक तत्वको कमी भएको हुन सक्छ । यसको लागि एमिनो एसिड प्रमुख जिम्मेवार छ । यो एसिड मांसपेसीहरूको निर्माण मात्रै होइन मस्तिष्कको विकासमा पनि धेरै महत्वपूर्ण छ किनभने न्युरो ट्रान्समिटरले हामीलाई सधैं खुसी र शान्त राख्छ। यसको कमीले मस्तिष्क अशान्त र बेचैन रहन्छ ।

बच्चाको आहारमा प्रोटिनयुक्त खानेकुरा समावेश गर्नाले शरीरमा एमिनो एसिडको कमी पूरा हुन्छ । यसले मांसपेसीहरूलाई धेरै आराम मिल्छ । शाकाहारी खानेकुराहरूमा दूध, पनिर, दही, अण्डा, कुखुराको मासु आदिले यस कमीलाई छिटै पूरा गर्छन् ।

अति सक्रिय

बच्चाहरू अति सक्रिय भएको पनि त्यति उचित मानिँदैन । एकछिन शान्त बस्न नसक्ने, अधैर्य वा केही न केही गरिरहने बच्चाहरूमा पोषक तत्वको कमी भएको पनि हुन सक्छ ।

बच्चाको आहारमा प्रशोधित खानेकुराहरू जस्तैः चिप्स, केक, पिज्जा, बर्गर, पेटिज मफिन्स निषेध गर्नुपर्छ । बरु, स्वस्थ खानेकुरा समावेश गर्नुपर्छ । यसले उनीहरूको स्वभावमा परिवर्तन आउन सुरु हुन्छ ।

ढिलो बोल्नु

केही बच्चाहरूलाई धेरै कम वा ढिलो बोल्छन् । यसको कारण उनीहरूको शरीरमा भिटामिन बि १२ को कमी हुन सक्छ । यो कमीलाई पूरा गर्न उनीहरूलाई सप्लिमेन्ट्स दिने गल्ती नगर्नुहोस् । यस समस्याको समाधानको लागि उनीहरूलाई सन्तुलित खानाको साथसाथै स्पिचथेरापी धेरै प्रभावकारी हुन्छ ।

बच्चालाई अण्डा, मासु, माछा, चिकेन सुप, दूध र दूधबाट बनेका उत्पादन जस्तै पनिर, लस्सी, मख्खन आदि खुवाउनुहोस् । शाकाहारी आहारमा भिटामिन बी १२ पाइँदैन ।

बच्चाको रुखो र सुख्खा कपालले शरीरमा आइरन, भिटामिन ए, के डी ई र के २ को कमी भएको संकेत दिन्छ । ड्राइफ्रुट्स, सोयाबिन, पनिर, ब्रोकाउली, अंकुरित अन्नहरू, माछा आदिलाई बच्चाको आहारमा समावेश गर्नुपर्छ ।

दाँतमा किरा लाग्ने

जो बच्चा धेरै गुलियो र चकलेटहरू खान्छन् उनीहरूको दाँतमा क्याभिटी हुनु स्वभाविक हो । यसबाहेक दाँतको सफाइ नगर्नाले पनि यो समस्या आउँछ तर कहिलेकाँही पोषक तत्वको कमी पनि यसको कारण हुन सक्छ ।

बच्चालाई गुलिया मिठाइ र चकलेटहरूबाट टाढै राख्नुहोस् यसबाहेक दूध, पनिर, ब्रोकाउली, फलफूल, दही आदि बच्चाको खानेकुरामा समावेश गर्नुपर्छ ।

रुघाखोकी लागिरहने

बच्चालाई लगातार रुघाखोकी लाग्छ भने यो उनीहरूको प्रतिरोधी क्षमता कमजोर भएको संकेत हो । पोषक तत्वको कमीले पनि उनीहरूलाई यस्तो समस्या देखिन्छ ।

बच्चाको आहारमा भिटामिन सी युक्त खाद्यपदार्थ र भिटामिन डी जस्ता तत्वहरू समावेश गरेर पौष्टिक तत्वको मात्रा पूरा गर्नुपर्छ।

बच्चाको जिद्दी स्वभाव

शरीरमा स्वस्थ बोसो र ओमेगा ३ एस जस्ता तत्वको कमी उनीहरूको जिद्दी स्वभावको कारण हुन सक्छ । यदि बच्चालाई पोषक तत्व पर्याप्त मात्रामा मिल्छ भने यो कमी पूरा हुन्छ ।

गाँजर दही, नौनी, नरिवल, माछा आदिको सेवनले यो कमीलाई पूरा गर्छ ।

मोटोपना

पोषक तत्वको कमीले शारीरिक कमजोरी मात्रै होइन । केही बच्चाहरू मोटोपनाको शिकार पनि हुन सक्छन्। बच्चाको बढ्दो तौल पनि चिन्ताको कारण हुन सक्छ । पोषक तत्वको कमीका कारण खाना खाएपछि पनि बच्चालाई भोकको महसुस हुन्छ ।

सधैं एकै किसिमको खाना खुवाउनुको सट्टा उसलाई सन्तुलिन खानेकुरा दिनुपर्छ । योग, व्यायाम, खेलकुदमा सक्रिय गराउनुका साथसाथै बच्चाहरूलाई हरियो सागसब्जी, फलफूल, सुप आदि खान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment