+
+

वर्षा सिवाकोटीको अपिल–‘नाम हेरेर मेसेज गर्नुहोला’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १२ गते १५:३३

शनिबार बेलुकादेखि नायिका वर्षा राउत आफ्नो बोलीका कारण आलोचनामा परेकी छिन् । वर्षाले बोल्ने क्रममा नेपाल र भारतको मिडियाका कारण आफूलाई भारतीय साथीहरुसँग कुरा गर्न गाह्रो भएको तर्क प्रस्तुत गरेकी थिइन् ।

वर्षाले यो बिषयमा माफि पनि मागिसकेकी छिन् । तर, नाम एउटै भएका कारण अर्की नायिका वर्षा सिवाकोटीलाई भने समस्या परेको छ ।

धेरै मानिसहरुले नायिका सिवाकोटीलाई नै गाली गरेर म्यासेस गरिरहेका छन् । यसैले, नायिका वर्षा सिवाकोटीले सामाजिक संजालमा लेखेकी छिन्–‘मेसेज पठाउनु अगाडि नाम र थर हेर्ने कष्ट गर्नुहोला ।’

नायिका सिवाकोटीले आफूलाई व्यक्तिगत रुपमा धेरै मेसेज आएको बताइन् । कतिपयले भने वर्षाको तस्वीरमा गएर देशको विरुद्धमा बोलेको भन्दै गाली गरिरहेका छन् । केही फेसबुक प्रयोगकर्ताले मान्छे चिनेर मात्र कमेन्ट गर्न अपिल गरेका छन् ।

वर्षा राउत र वर्षा सिवाकोटीको नाम एउटै हुँदा उनीहरुविच शितयुद्ध रहेको खबर पनि नेपाली मिडियामा बारम्बार सार्वजनिक हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?