Comments Add Comment

राष्ट्र बैङ्कका विभाग तथा कार्यालयका नाम परिवर्तन

१२ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आफ्ना सात वटा विभाग तथा कार्यालयहरूको नाम परिवर्तन गरेको छ। गभर्नर महाप्रसाद अधिकारीको निर्देशनअनुसार संस्थागत योजना विभागले सातवटा कार्यालय तथा विभागको नाम परिवर्तन गरेको हो ।

राष्ट्र बैङ्कले सामान्य सेवा विभागको नाम परिवर्तन गरेर सम्पत्ति तथा सेवा अनुसन्धान विभाग बनाएको छ भने अनुसन्धान विभागको नाम परिवर्तन गरेर आर्थिक अनुसन्धान विभाग बनाएको छ ।

यसैगरी लघुवित्त प्रवर्द्धन तथा सुपरीवेक्षण विभागलाई लघुवित्त संस्था सुपरीवेक्षण विभाग बनाएको राष्ट्र बैङ्कले संस्थागत योजना विभागलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग बनाएको छ ।

नोटसम्बन्धी काम गर्ने अधिकार पाएको बैङ्किङ कार्यालयलाई नाम फेरेर बैङ्किङ विभाग बनाइएको छ भने सूचना प्रविधि विभागलाई सूचना प्रविधि महाशाखा बनाइएको छ।

राष्ट्र बैङ्कले उपत्यकाबाहिरका कार्यालयहरूलाई अब प्रदेश कार्यालयको रुपमा स्थापना गरिएको समेत जनाएको छ । राष्ट्र बैङ्कको सबै प्रदेश कार्यालयहरूमा शाखा पुगिसकेको छ। प्रदेश २ को भने जनकपुर र वीरगञ्ज गरी दुई ठाउँमा शाखा रहेका छन् । कर्णाली प्रदेशमा केही महिनाअघि मात्रै राष्ट्र बैङ्कले शाखा खोलेको थियो ।

संघीय संरचनामा मुलुक गएको तीन वर्षपछि राष्ट्र बैङ्कले बाहिरका शाखालाई प्रदेश कार्यालय बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment