+
+
Shares

१० वर्षमा दोश्रो पटक इदमा रिलिज भएन सलमानको फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते ११:२३

बलिउडमा नायक सलमान खानको चलचित्र रिलिज कहिले हुन्छ भनेर सोध्ने हो भने सबै जनाले सजिलै उत्तर दिन सक्छन्। किनकि नायक सलमान खानले इदमा हरेक वर्ष आफ्नो चलचित्र रिलिज गर्दै आएका थिए।

इदमा सलमानसँग टक्कर दिन चलचित्र रिलिज गर्ने हिम्मत अरू निर्माताले गरेका थिएनन् । यसैले इदमा सलमानको चलचित्र नआउँदा यो वर्ष उनका फ्यान भने निराश भएका छन् ।

नायक खानको पछिल्लो १० वर्षमा इदमा दोश्रो पटक चलचित्र रिलिज भएन । यसअघि नायक खानको चलचित्र सन् २०१३ मा रिलिज भएको थिएन । सो वर्षको इदमा नायक साहरुख खानले चलचित्र ‘चेन्नई एक्सप्रेस’ रिलिज गरेका थिए । जसले बक्स अफिसमा सबै रेकर्ड तोडेको थियो।

सलमानले इदमा चलचित्र रिलिज गरेर कैयौं रेकर्ड पनि बनाएका छन् । उनको यो वर्षको इदमा चलचित्र ‘राधे’ रिलिज गर्ने तयारी गरिएको थियो । तर, लकडाउनका कारण यो चलचित्र रिलिज हुन सकेन । अब यो चलचित्र कहिले रिलिज हुन्छ भन्ने पक्का छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?