+
+
Shares

दलित युवकको हत्याको विषयमा कांग्रेसद्वारा संसदीय छानबिनको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते २०:१८

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको घटनाको संसदीय छानबिन गर्न माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले पश्चिम रुकुममा दलित युवकको मृत्युको घटनाको संसदीय छानबिन गर्न माग गरेका हुन् ।

उनले घटनामा बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारसँग माग गरेका थिए ।

त्यस्तै घटनामा संलग्नको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा रिहा नगरी निश्पक्ष छानबिन गर्न पनि सांसद विश्वकर्माले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?