
१३ जेठ, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका वरिष्ठ परामर्शदाता डोमिनिक कुमिङ्सले लकडाउन उल्लंघन गरेको विषयलाई लिएर एक बेलायती मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका छन् । बेलायतका एक कनिष्ठ मन्त्री डोउग्लास रोजले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
क्युमिङ्सले मुलुकमा लकडाउन जारी रहेको अवस्थामा लण्डनको आफ्नो घरबाट गत मार्चमा २५० माइल यात्रा गरेका थिए । यस विषयमा विवाद चर्किँदै गएपछि रोजले राजीनामा दिएका हुन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा आफूलो राजीनामा दिएको पत्र पोस्ट गर्दै अहिलेको अवस्थामा आफू सरकारमा रहन नसक्ने बताएका छन् । उनी स्टेट फर स्कटल्याण्डमा सहायक मन्त्रीको रुपमा कार्यरत थिए । क्युमिङ्सले सोमबार आफूले उक्त भ्रमण गरेको स्वीकार गरेका थिए । उनले आफ्नी पत्नी बिरामी भएको पनि बताएका थिए ।
रोजले क्युमिङ्सको नियत नराम्रो नभए पनि उनले समयमा नै आफ्नो बाध्यताबारे नबताएको भन्दै उनलाई छुट दिन नसकिने बताएका छन् ।
स्रोत : सीएनएन
प्रतिक्रिया 4