Comments Add Comment

दलित युवक हत्याको निष्पक्ष छानबिन गर्न साझा पार्टीको माग

१३ जेठ, काठमाडौं । साझा पार्टीले रुकुम पश्चिममा दलित युवकको हत्या भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गरी साझा पार्टीले घटनालाई सामसुम पार्न राजनीतिक सक्रियता बढेको भन्दै छानबिन समिति राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने बताएको छ ।

यो घटनालाई बर्बर र नृशंस अपराध भन्दै साझा पार्टीले वडाध्यक्षसमेत आक्रमणमा संलग्न हुनु चिन्ताजनक भएको उल्लेख गरेको छ । जेठ  १० गते रुकुम पश्चिमको चौरजहारीमा प्रेमिकासँग विवाह गर्न आएका नवराज विकसहित ३ जनाको प्रेमिकाका आफन्त र गाउँलेको आक्रमणबाट भाग्ने क्रममा भेरी नदीमा हामफाल्दा मृत्यु  भएको थियो । अन्य तीन जना बेपत्ता भएका छन् ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जातीय विभेद तथा छुवाछुत अन्त्य गर्न संवैधानिक र कानूनी व्यवस्था गरेरमात्र नपुग्ने भन्दै त्यसको प्रभावकारी, व्यवहारिक कार्यान्वयनका लागि उपयुक्त संयन्त्रको निर्माण गर्न माग गरेका छन् । उनले दोषीमाथि कडाभन्दा कडा सजायको स्पष्ट व्यवस्था गर्न र राष्ट्रियस्तरमै सामाजिक सचेतना कार्यक्रमहरू सुरु गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment