+
+

पाँच सार्वजनिक संस्थानको कारोबार शून्य, १३ संस्थान घाटामा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते १९:५७

१३ जेठ, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये पाँचवटा संस्थानले शून्य कारोबार गरेका छन् । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये ५ वटा संस्थानको कारोबार शून्य देखिएको हो ।

यस अवधिमा २६ वटा संस्थान नाफामा र १३ वटा संस्थान भने घाटामा संचालन भएको अर्थ मन्त्रालयको आंकडामा उल्लेख छ । नाफामा सञ्चालनमा रहेका सार्वजनिक संस्थानबाट सरकारले सो आबमा ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ लाभाशं प्राप्त गरेको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा सार्वजनिक संस्थानको नाफासमेत घटेको छ ।

नाफामा रहेका सार्वजनिक संस्थानको कुल नाफा ५१ अर्ब ५९ करोड ७४ लाख रुपैयाँ रहेको छ । नोक्सानीमा रहेका संस्थानको नोक्सान भने २ खर्ब ८२ करोड ३३ लाख रहेको आंकडामा देखिएको छ ।

यसरी सार्वजनिक संस्थानको खुद नाफा ४८ अर्ब ७७ करोड देखिएको छ । नेपाल टेलिकम, नेपाल विद्यूत प्राधिकरण, नेपाल आयल निगम, नेपाल नागरिक उड्डयन प्राधिकरणजस्ता ठूलो रकमको कारोबार गर्ने संस्थानका कारण नाफा रकम बढी देखिएको हो ।

सार्वजनिक संस्थानमा सरकारले २०७६ असारसम्म २ खर्ब ७१ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ सेयर लगानी गरेको छ । यी संस्थानमा ऋण लगानी भने १ खर्ब ९२ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

यसअनुसार सरकारले सार्वजनिक संस्थानमा मात्र कुल ४ खर्ब ६४ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ लगानी गरेको छ । सरकारले सार्वजनिक संस्थानमा भने लगानी बढाएको छ ।
सार्वजनिक संस्थानबाट सरकारले एक वर्षमा १ खर्ब १९ अर्ब २४ करोड ५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तो रकम कुल राजस्वको १३.९ प्रतिशत हिस्सा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?