Comments Add Comment

लकडाउनले पूरा हुन दिएन आमा भेट्ने नेदरल्यान्डका प्रधानमन्त्रीको इच्छा

१३ जेठ, काठमाडौं । नेपालका भीआईपी र भीभीआईपीहरूको रवाफ नै छुट्टै हुन्छ । सत्ता र शक्तिको उन्मादमा उनीहरूबाट नियम/कानुनको धज्जी उडाइएका घटना हाम्रा वरिपरि बर्गेल्ती छन् ।

तर विश्वमा कतिपय यस्ता देशहरू छन् जहाँ सबैमा समान नियम लागू हुन्छ । विशेषाधिकार प्रयोग गर्दै साइरन बजाएर हाम्रोमा जस्तो मनपरी गरिँदैन ।

त्यसमध्येकै एक देश हो–नेदरल्यान्ड ।

यहाँका प्रधानमन्त्री मार्क रुटकी आमाले हालै जीवनको अन्तिम स्वास लिनुअघि छोरालाई भेट्ने चाहना राखिन् । याे सन्देश उनले छोरालाई पठाइन् । तर लकडाउनका कारण मार्कले आमालाई भेट्न पाएनन् ।

उनको कार्यालयले दिएको जानकारीअनुसार स्याहार केन्द्रमा जान नपाउने नियमको पालना गर्दै उनी आफ्नी आमाको अन्तिम समयमा पनि घरमा नै बसेका हुन् ।

बेलायतमा प्रधानमन्त्रीका परामर्शदाताले लकडाउन उल्लंघन गरेको विषयमा विवाद चर्किरहेको अवस्थामा नेदरल्याण्डका प्रधानमन्त्रीको विषयमा यस्तो समाचार आएको हो । सोमबार नेदरल्याण्डका प्रधानमन्त्रीले आफ्नी आमाको मे १३ मा ९६ वर्षको उमेरमा निधन भएको घोषणा गरेका थिए ।

उनको अन्त्येष्टिमा पनि थोरै मानिस मात्र भेला भएका थिए । उनको मृत्यु कोरोना भाइरसको महामारीको बीचमा भएको भए पनि उनलाई भने यो भाइरसको संक्रमण भने भएको थिएन । प्रधानमन्त्रीका प्रवक्ताले दिएको जानकारी अनुसार रुटले मृत्यु हुनुभन्दा पहिला आफ्नी आमालाई भेटेका थिएनन् । उनले सरकारले निर्देशन दिए अनुसारको सबै नियमको पालना गरेका थिए ।

स्रोत : द गार्जियन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment