 
																			१३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
मन्त्री ढकालको पीसीआर विधिबाट मंगलबार गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले मन्त्री ढकालको कोरोना रिपोर्ट नेगेटिभ आएको अनलाइनखबरलाई जानकारी दिए ।
कोरोना संक्रमितको सम्पर्कमा पुगेपछि मन्त्री ढकाल मन्त्रालय नगई ५ दिनदेखि होम क्वारेन्टाइनमा बसेका थिए । त्यसपछि मंगलबार निवासमै पुगेर स्वास्थ्यकर्मीले उनको स्वाब संकलन गरेका थिए ।
मंगलबार रिपोर्ट सार्वजनिक भएपछि भने मन्त्री ढकालले मन्त्रालय पुगेर काम गरेकाे बताइएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4