Comments Add Comment

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो

१३ जेठ, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ । मंगलबार बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयरले दिएको जानकारी अनुसार यो रोगको कारण अहिलेसम्म ३७ हजार ४८ जनाको मृत्यु भइसकेको छ । मंगलबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा बेलायतमा कोरोना भाइरसको कारण १३४ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि दुई लाख ६५ हजार २२७ पुगेको छ । पछिल्लो २४ घण्टामा बेलायतमा चार हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । बेलायत सरकारका अनुसार अहिलेसम्म मुलुकमा ३५ लाख मानिसको कोरोना परीक्षण गरिएको छ ।

स्रोत :सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment